नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशका दुई ठुला दलको सहकार्यले समृद्धिको नयाँ मार्गचित्र कोर्ने उल्लेख गर्नुभएको छ ।
गोरखापत्र संस्थानका वरिष्ठ सहायक मनीषा ठाकुरलाई पितृशोक परेको छ । उहाँका पिता महेन्द्र ठाकुरको शनिबार ५३ वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो ।
असोज दोस्रो साता आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेका सबै कागजातमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । असोज १२ गते आएको बाढी गाउँपालिकाको कार्यालयभित्र पसेपछि गाउँपालिकामा रहेका ९८ प्रतिशत कागजात नष्ट भएका छन् ।
आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
भक्तपुर, कात्तिक ११ गते । भक्तपुर नगरपालिका–४ तालाक्वो पोटरी स्क्वायरमा तिहारका लागि आवश्यक माटाको भाँडा बनाएर घाममा सुकाउँदै महिला, तिहार नजिकिएपछि यहाँका कुमाले समुदायलाई भ्याइनभ्याई भएको छ । तस्बिरः रासस
आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि बन्दै गरेको चार लेनको पुल निर्माणको काम धमाधम भइरहेको छ ।
मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको सङ्व्रmमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित छ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा
अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ ।
सरकारी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिन्छ ।
आर्थिक अवसर बढी हुने ठाउँमा मानिसको आकर्षण बढ्दो छ ।