नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पछिल्लो केही वर्षदेखि मधेशमा देखिएको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ।
कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले दिन प्रतिदिन लोप हुन लागेको भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताउनुभएको छ।
लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ ।
आरजु राइस बेलबारी गोल्डकप फुटबलको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।
दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ ।
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिएको छ।
सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ ।
अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।
बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ।
अमेरिकामा शनिबारदेखि सुरु भएको आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले हरेक व्यक्तिले आफ्नो घर अगाडि र खाली जग्गामा बिरुवा लगाएर पर्यावरण जोगाउन आग्रह गर्नुभएको छ ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिजमा घरेलु टोली अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।
नेपालगन्जमा पहिलो पटक बाँके कला केन्द्र गठन भएको छ। नेपालगन्जको सरस्वती संगीतालयमा आयोजित कलाकर्मीको प्रथम भेलाले बाँके कला केन्द्र गठन गरेको हो।
इरानले पछिल्लो पटक सैन्य स्थलहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणको प्रभाव स्वरूप स्थगित गरेका आफ्ना उडानहरू पुनः सुरु गरेको तस्निम समाचार एजेन्सीले शनिबार इरानको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
स्याङ्जाको कालीगण्डकी उत्तरबाहिनीमा धार्मिक महोत्सव सुरु भएको छ । मातापिताप्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न महोत्सव गरिएको हो ।