सुदूरपश्चिमको नाकामा कोरोना देखा पर्न थालेको छ । भारतबाट फर्किनेहरूमा नाकामा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।
सुदूरपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेस्रो भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हरायो ।
सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
नेपाल युवा परिषद् लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताउनुभएको छ ।
करिब तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका-५ का ५५ वर्षीय वमप्रसाद योङ्हाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ ।
परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ ।
औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री वितरणमा रोक लगाएको बताउनुभयो ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ ।
प्रधान सेनापति खुरा म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जित्नुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न म्याराथन पुरुषमा अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले मोटर साइकल र तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ ।
शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।