मुस्ताङको घरपझोङ गाउँपालिका ५ को पर्यटकीय बस्ती ठिनीमा प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव भएको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रदर्शन गरेको हो ।
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ ।
गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बालविवाह मुक्त राष्ट्र बनाउने मूल अभियानलाई सफल पार्न तीनै तहका सरकार एकबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताउनुभएको छ ।
‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँचदिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ ।
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकामस्थलमा रहेका रुखहरु काट्ने बाटो सहज भएको छ । शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउन प्रक्रियागत रुपमा पत्र पठाएसँगै वन मन्त्रालयलाई निर्णय गर्न सहज भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको बेला अन्य सामानभन्दा भारतबाट हुने कपडाको चोरी पैठारी बढेको जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
बुटवलबाट अर्घा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएकाे छ ।
कवि र चित्रकारबीच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भन्नुभयो, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।”
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरबजारमा पार्किङ गरी राखेका दुई वटा मोटरसाइकलमा गए राति अज्ञात समुहद्वारा आगजनी गरेको छ ।
२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ माघको तेस्रो सातादेखि हुने भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।