सरकारले आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोगमुक्त देश बनाउने लक्ष्यसाथ इलाममा दादुरा रुबेला खोप अभियान चलाउने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।
मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।
फुटबलका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ ।
देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक विकासका लागि पालिका र गैरसरकारी संस्थाबिच सम्झौता भएको छ ।
नेपाल र संयुक्त अधिराज्य (बेलायत) बिच सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तारमा ब्रिटिस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको बताइएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ ।
कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुन लागेको हो ।
बागलुङको तमानखोला गाउँपालिका–३, स्थित रहेको तमान गाउँ चिटिक्क बनेको छ । केही समथर, केही भिरालो भूभागमा गुजुमुजु परेका घरहरू छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।