उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताउनुभयो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो बढाएका छन् ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गर्नुभएको छ ।
संविधान निर्माणका क्रममा राष्ट्रिय सभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो ।
म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो ।
गोरेटो उहीँ छ । अझै उस्तै, दुरुस्तै पनि । पूर्ववर्ती कालखण्डमा भन्दा झनै खुम्चिए झैँ लाग्छ त्यो गोरेटो । छेउछाउका मसिना बुट्यानहरू र अतिव्रmमणकारी झारले गोरेटोको परम्परागत स्वत्वमाथि धावा बोलिरहेको प्रतीत हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।
मधेश मध्यदेशको सङ्क्षिप्त रूप हो । मधेश वर्तमानमा तराईको एउटा अभिन्न भूभाग हो, जसले पृथक् पहिचान बोकेको छ । यो पहिचान केवल भौगोलिक बनोटको कारणले उब्जिएको होइन । वस्तुतः कुनै स्थान वा समुदायको सांस्कृतिक पहिचान, इतिहास, जातजाति, भाषा, रहनसहन जस्ता एकभन्दा बढी तìवको संयोजन नै मधेश हो । मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भए पनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ ।
आदर्शकोतवाल गाउँपालिका–६ का कुशवाहाले २०६० साल पुस २० गते लिएको चार लाख रुपियाँ ऋणको २८ लाख रुपियाँ भुक्तानी गरे पनि साहुले थप ४५ लाख रुपियाँ मागेपछि कुशवाहा परिवारको बिचल्ली भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट बरामद गरेको बेवारिसे मोटरसाइकलहरूको हकदाबी गर्न ताकेता गरेको छ ।
वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ ।
मधेश प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् ।
“ऊ आइ डढुवा”–पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु र ? बिनाकारण नै अपहेलनाको सिकार भइरहेछु । उपहासको पात्र भइरहेछु । पलपल मुटु छेड्ने व्यङ्ग्य खप्न बाध्य भइरहेछु ? ऊभित्र भीषण कोलाहल मच्चिन थाल्यो, “हे ईश्वर ! यो सहरले मलाई किन यति बिध्न बैरी सोचिरहेछ ? यो सहरलाई किन मेरो सास पनि गन्हाइरहेछ ? मेरो अनुहार जल्यो त यसमा मेरो के दोष ?”
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।