औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री वितरणमा रोक लगाएको बताउनुभयो ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ ।
प्रधान सेनापति खुरा म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जित्नुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न म्याराथन पुरुषमा अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले मोटर साइकल र तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ ।
शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्की पुल निर्माण हुने भएको छ ।
अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् ।
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो ।
उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो ।
खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार-२०८०’ घोषणा गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।
सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्याउन सुरु गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।