वन्यजन्तुलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन भएपछि प्यासी जनावर पानीको खोजीमा भौँतारिन बाध्य छन् ।
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।
कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र एपिएफबिच प्रतिस्पर्धा हुने भएको छ ।
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको मानिसबाटै मानिस सधैँ, हुन्छ घेरिएको । सम्बन्ध हो सपार्नलाई, होइन बिगार्नलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा पहिलो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये एक मेलम्ची नगरपालिकामा २०७८ सालको जनगणना अनुसार ४१ हजार ६३ जनसङ्ख्या रहेको छ । नगरपालिकाले ‘मेलम्ची समृद्धिको आधार : कृषि, पर्यटन
कस्तो एकान्त सहर यो काठमाडौँ लाग्छ यहाँ न्याना हातहरू छँदै छैनन् आफन्तको आभाषसम्म नपाइने
सशस्त्र प्रहरीले सर्लाहीमा शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ ।
रामायण र रामकाव्य दक्षिण एसियाकै लोकप्रिय कथाका रूपमा आदिकालदेखि वर्तमानसम्म रहँदै आएको छ । रामकथामा असङ्ख्य प्रतिभाले कलम चलाएका छन् । दक्षिण एसियाकै सबैजसो लिखित साहित्य भएका भाषामा रामगाथा र कृष्णगाथाको कुनै न कुनै रूपमा प्रवेश भएको देखिन्छ । यी दुई पात्रका स्रोतग्रन्थ रामायण र महाभारत यस क्षेत्रका लागि मात्र होइन विश्वसाहित्यकै लागि उपजीव्य काव्य पनि हुन् । नेपालमा नेपाली, मैथिली, अवधी, भोजपुरी, नेवारी, थारूलगायतका अनेक भाषामा रामगाथाका सन्दर्भहरू सुललित स्वर र शैलीमा अभिव्यक्त भएको पाइन्छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
विश्वका दुई ठुला जनसङ्ख्या र क्षेत्रफल भएका देश चीन र भारतको बिचमा नेपाल छ । नेपाल विश्व शान्तिका अग्रनायक बुद्ध जन्मेको लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश पनि हो । यहाँ जातीय विविधता, १२३ भन्दा बढी भाषा र प्राकृतिक, वैदिक, बौद्ध, बोन, मस्टो, किरात, जैन, सिख, बहाई, मुस्लिम, ख्रिस्टियनलगायत धर्मको साझा फूलबारी हो ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।
एउटै पदार्थ (जस्तो माटो) ले अनेक रूप धारण गर्दछ र विभिन्न परिवर्तन हुन्छ (जस्तो– गाग्रो, हाँडी आदि) जस्तो कि छान्दोग्य उपनिषद्मा पाउने गरिन्छ, यस्ता सबै परिवर्तनका माझ माटो स्थायी रहन्छ । त्यही सत्य हो । स्वरूप र स्थितिहरूको परिवर्तन आभास मात्र हो । त्यसको प्रकृति र सत्ताको वर्णन अथवा प्रमाणित गर्न सकिँदैन । अपरिवर्तनीय पदार्थ (जस्तो– माटो) नै सत्य हो, परिवर्तनशील स्थिति मात्र इन्द्रियहरूका भ्रम हुन्, नाम रूप मात्र हो (छान्दोग्योपनिषद् ४–१); जसलाई हामी रूप, इन्द्रियगम्यता आदि भन्दछौँ, त्यसमा कुनै वास्तविक अस्तित्व हुँदैन, ती सबै परिवर्तन भइरहन्छ । मात्र आभास हो; जसका बारेमा कुनै पनि धारणा तर्कको आलोकमा
माध्यमिक तह विज्ञान प्रदर्शनी कार्यक्रममा गौरीशङ्कर गाउँपालिका–५ को हलेश्वर माध्यमिक विद्यालयले प्रथम भएको छ । विद्यालयले नगद पाँच हजार र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
लाङ्दुक, तिमी र म उस्तै उस्तै रूपमा ब्युँझियौँ सखारै । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ । तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर । ‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट ।