• १९ पुस २०८१, शुक्रबार

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति

blog

चिनियाँ राष्ट्रपति सी जिङपिङ

कजान (रुस), कात्तिक ८ गते । चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ । 

रुसी सहर कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अन्तिम दिनमा बोल्दै राष्ट्रपति सीले  थिए, मस्कोले आशा गरेको फोरमले पश्चिम विरुद्ध राष्ट्रहरूको संयुक्त मोर्चा बनाउन मद्दत गर्नेछ ।

सम्मेलनमा सहभागी भएका नेताहरूलाई सम्बोधन गर्दै सीले भन्नुभयो “विश्वव्यापी दक्षिणको आधुनिकतातर्फको साझा यात्रा विश्व इतिहासको एउटा प्रमुख घटना हो ।”

“हामी यस समयमा शान्तिका लागि स्थिर शक्ति बन्नुपर्छ, विश्वव्यापी सुरक्षा प्रशासनलाई बलियो बनाउनुपर्छ र हालको समस्याको लक्षण र मूल कारण दुवैलाई सम्बोधन गर्ने समाधान खोज्नुपर्छ”, सीले बताउनुभयो ।

“विश्वले अझै पनि यसको शान्तिपूर्ण विकासका लागि गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ”, उहाँले चेतावनी दिनुभयो । उहाँले गाजामा युद्धविराम र लेबनानमा थप द्वन्द्व रोक्न पनि आह्वान गर्नुभएको छ । रासस/एएफपी