• १० मंसिर २०८१, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप कोषमा बिमा प्राधिकरणबाट एक करोड सहयोग

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गर्नुहुँदै बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल। तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, कात्तिक ८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले बिहीबार एक करोड हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो।