शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपियाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सो रकमको चेक हस्तान्तरण गर्नुभयो । सरकारको आव्हान लगत्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग रकम जुट्नेक्रम जारी छ ।