• १० मंसिर २०८१, सोमबार

भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्छः सांसद आचार्य

blog

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले आयोजना गरेको कार्यक्रम। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक १० गते। कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले दिन प्रतिदिन लोप हुन लागेको भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताउनुभएको छ। अवधी पत्रकार संघ नेपाल, कपिलवस्तु शाखाको तेस्रो अधिवेशनलाई उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।

उहाँले अहिलेको युवा पिढीले भाषा संस्कृतिको संरक्षण गरेन भने दिन प्रतिदिन लोप हुने अवस्थामा पुगेको बताउनुभयो। अवध कला संस्कृति भाषाको सम्वर्द्धनमा अवधी पत्रकार लाग्नुपर्ने उहाँको भनाइ थियो। मधेशमा रहेको बालविवाह, बहुविवाह, दाइजो प्रथा जस्ता कुरुती हटाउन समेत आवाज उठाउनु पर्ने उहाँको जोड थियो।

अधिवेशनबाट मनिष गुप्ताको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको छ। संघको उपाध्यक्षमा अजय सहानी र सविता गुप्ता निर्वाचित हुनुभयो। सचिवमा ब्रजेश यादव, सह सचिवमा राजकुमार चमार कोषाध्यक्षमा हनुमान पाण्डेय र सदस्यमा सुग्रिम बरई, लालु चौधरी निजामुद्दिन तेली रहेका छन्।