• १२ कात्तिक २०८१, सोमबार

तरुण पुरस्कार गोरखापत्रकर्मी नहर्कीलाई

blog

सम्मान लिनुहुँदै पत्रकार अमरराज नहर्की।

तनहुँ, कात्तिक १० गते। नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिएको छ।

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले ७२ औँ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई शनिबार सम्मान गरेको हो। 

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले संयुक्त रूपमा प्रशंसापत्र र नगदसहित नहर्कीलाई सम्मान गर्नुभएको थियो। 

एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो। सोही अनुरूप नेपाल प्रेस युनियन तनहुँको निवर्तमान अध्यक्ष नहर्कीलाई सम्मान गरिएको नेपाल तरुणदल तनहुँका सचिव सुबोध वाग्लेले जानकारी दिनुभयो। 

उद्यमशील क्षेत्रमा लागेका तरुणको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरूप नहर्कीलाई सम्मान गरिएको सम्मान कार्यक्रममा जानकारी दिइयो।   

कार्यक्रममा सांसद भण्डारीले देशको प्रमुख समस्या भनेको बेरोजगार भएकोले युवा उद्यमशील बनेर रोजगारी दिनमा ध्यान दिनुपर्ने बताउनुभयो।