• २ माघ २०८१, बुधबार

'खाली जग्गामा बिरुवा रोपौँ, पर्यावरण जोगाऔँ' : वन मन्त्री

blog

सुकेश्वरी निलम साह तेली समाज सदन लहानको प्रथम अधिवेशनमा वन तथा पर्यावरण मन्त्री त्रिभुवन साह स्थानीय जनप्रतिनिधिहरुको साथमा । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक १० गते । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले हरेक व्यक्तिले आफ्नो घर अगाडि र खाली जग्गामा बिरुवा लगाएर पर्यावरण जोगाउन आग्रह गर्नुभएको छ । सुकेश्वरी-निलम तेली समाज सेवा सदनको प्रथम अधिवेशनलाई लहानमा उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको हो । 

पर्यावरणको रक्षा गर्न मधेश प्रदेश अग्रपङ्क्तिमा आउनुपर्ने मन्त्री साहले भन्दै आफ्नो घरको अगाडि कम्तीमा अरू बिरुवा नलगाए पनि एउटा निम प्रजातिको बिरुवा लगाउने अभियानलाई तेली सेवा समाजले सुरु गर्नुपर्ने बताउनुभयो । मन्त्री साहले भन्नुभयो, "एक जना व्यक्तिलाई २४ घण्टामा दुई किलो अक्सिजन चाहिन्छ , त्यो अक्सिजन ५ वटा विरूवाबाट प्राप्त हुन्छ । हामी जन्मदिनको अवसरमा कुनै शुभ कार्यको अवसरमा बिरुवा लगाउने संस्कृतिको बढावा दिन जरुरी छ ।"

मधेश प्रदेश सरकारले सामाजिक एकतालाई बलियो बनाउन सामुदायिक भवनहरूको निर्माण गरेर सामूहिक सिववाहको पद्धतिलाई संस्कृतिको रूपमा ग्रहण गरी दाइजो हटाउन पनि जातीय सङ्घ सङ्गठनहरू लाग्ना जरुरी रहेको उहाँले जोड दिनुभयो । मधेश प्रदेश सरकारबाट यस सेवा सदनको भवन निर्माणको लागि अहिलेसम्म ७५ लाख सहयोग भएको छ। थप सहयोगको लागि पहल थालिने मन्त्री साहले विश्वास दिलाउनुभयो । 

प्रदेशसभा सदस्य ललिता दासले समाजमा रहेको विभिन्न खाले विभेदहरूलाई बढावा दिइने काम जातीय सङगठनहरुले नगरी दाइजो प्रथाको अन्त गर्न सबै जातीय सङ्घ संस्थाहरू मिलेर समाज कल्याण र मानव हितमा समर्पित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

तेली समाजको सदन निर्माणको लागि मधेश प्रदेशको पूर्व अर्थ मन्त्री शैलेन्द्र साहले मधेश सरकारबाट बजेट विनियोजन गर्न ठुलो भूमिका खेल्नु भएको सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, "सरकारको लगानीमा निर्माण भएका सङ्घ संस्थाहरू सामाजिक कार्यमा एकजुट भएर लाग्न आवश्यक छ ।"

लहान नगरपालिका उपप्रमुख रामचलितर महतोले लहानमा निर्माण भएका स्वजातीय सदनहरूलाई मिलेर सामाजिक विकृतको अन्त गर्न साझा कार्यक्रम ल्याए लहान नगरपालिकाबाट सहयोग हुने धारण व्यक्त गर्नुभयो । लहान–४ मा निर्माणाधीन रहेको तेली समाज सदन निर्माणको लागि सेकेश्वरी निलम साहले जग्गा उपलब्ध गराउनु भएको छ। अहिलेसम्म प्रदेश सरकारको ७५ लाख र स्वजातीयबाट ३८ लाख गरी एक करोड १३ लाखमा सदनको निर्माण कार्य भएको तेली समाज सदनका अध्यक्ष बैजनाथ साहले जानकारी गराउनुभयो । 

कार्यक्रममा पाँच लाख २५ हजार चन्दा दाता रङगलाल साह,पाँच लाख २१ हजार चन्दा दिइने हरि साह,दुई लाख चन्दा दिइने नन्द किशोर साह र जग्गा दाता सुेकेश्री र निलम साहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।