लामो समयपछि सगरमाथाको प्रवेशद्वारका रूपमा रहेको दोलखाको जिरीबाट विदेशी पर्यटक हिमाल आरोहणका लागि जान थालेका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा मुक्ति विष्टले गर्नुभएको स्ट्रबेरी खेती । विष्टले तीन वर्षदेखि १० रोपनी जमिनमा व्यावयायिक रुपमा स्ट्रबेरी खेती गर्दै आउनुभएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–१,राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दैलेख जिल्लामा रहेका राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रगति सुस्त देखिएको छ । द्रुतमार्गको प्रगति सात वर्षको अवधिमा ३६.४२ प्रतिशतमा सीमित भएको हो ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा संरक्षित वन्यजन्तु कृष्णसारको बढोत्तरी भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले कांग्रेस–एमाले साझा सहमतिप्रति प्रतिबद्ध रहेकाले अरू कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभएको छ ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।
कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तितेकरेलालगायतका तरकारी बेच्दै हिँडेका व्यापारी । चाड पर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।
तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल । एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन् ।