राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्समा जिपिएस जडान भएको, तालिम प्राप्त चालक र उक्त एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक रहनुपर्ने व्यवस्था गरे पनि जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा यो व्यवस्था पालना गरिएको छैन । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले माग गरेको जिल्लाका स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको देखिएको छ ।
लेखाका कर्मचारी नहुँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन सकेका छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि रोकिएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण प्रभावित जिल्लाका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । विशेष गरी अति प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिमका साथ सल्यान जिल्लाका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्याउने उद्देश्यसाथ खानेपानी आयोजनाको काम सुरु भएको छ । आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहाको लगानीमा खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभयो ।
झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते हुनु भएको छ । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । बस, ट्याक्सी र ट्याक्सी
२०७८ साल असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उहाँले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकारले नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ का कृषक श्याम पुरी ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको बताउनुहुन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन् निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँदा कार्यान्वयनमा चुनौती हुने गरेको उहाँको बुझाइ छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन नभई हतोत्साही बनाइरहेको उहाँले बताउनुभयो ।
देशमा तीन तहका सरकार क्रियाशील छन् । लामो समय केन्द्रीकृत शासन व्यवस्था चलेको र त्यसले सबै वर्ग, क्षेत्र, भूगोल, लिङ्ग, जातजाति र समुदायको समान विकास हुन नसकेकै कारण २०७२ को संविधानले देशलाई सङ्घीय संरचनामा लगेको हो । गाउँघरमै सिंहदरबारका नामले बढी परिचित स्थानीय तहले नागरिकलाई घरनजिकै सेवा प्रवाह गरिरहेका छन् । स्थानीय तहका सेवा प्रवाहका निम्ति आवधिक निर्वाचनका आधारमा निर्वाचित जनप्रतिनिधिको नेतृत्व रहने गरेको छ । जनप्रतिनिधिको नेतृत्व
आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो ।
नेपालमा सत्ता परिवर्तन सँगसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको आवश्यकता थियो । परिवर्तन भएको लामो समय भए पनि जनअपेक्षा अनुसार काम हुन सकेको छैन । ढिलो भएकाले प्रतिक्रियावादीले टाउको उठाउन खोजेका हुन् । अब धेरै ढिला गर्नु हुँदैन । अब पनि परिवर्तन पक्षधर एकजुट भएर उत्पादन र निर्माणमा लागेनन् भने सोचे अनुसारको प्रतिफल हासिल हुन सक्दैन । नेकपा माओवादीले हेटौँडाको सातौँ महाधिवेशनमा उत्पादनको बारेमा कुरा उठायो । त्यो सकारात्मक पाटो थियो तर कार्यान्वयन भएन । नेपाल कृषिप्रधान देश भनिए पनि उत्पादनको क्षेत्रमा निराशा बढेसँगै मुलुक परनिर्भरतातिर जाँदै छ ।
उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
मानव जीवनको उद्देश्य व्यक्ति तथा समुदाय अनुसार फरक हुन सक्छ । जुनसुकै उद्देश्य लिएका व्यक्तिको पनि साझा अपेक्षा खुसी हुनु नै हो । व्यक्तिका लागि आफू खुसी हुने विषय वा खुसी हुन आवश्यक पूर्वसर्त फरक हुन सक्छ । खुसी हुने समय, सन्दर्भ, सर्त वा अवस्था फरक हुन सक्छ । कोही भौतिक सुख प्राप्तिलाई खुसीको आधार मान्दछन् भने कोही आध्यात्मिक शान्ति तथा चेतनालाई । कोही धन सम्पत्तिलाई अधिक महत्व दिन्छन् भने कोही पारिवारिक तथा सामाजिक पुँजीलाई ।
गत पुस ४ गते सिंहदरबारमा आयोजित कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, “... पुस महिनाभित्रै राम्रो अन्तव्र्रिmया गर्ने र नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गरिने भएकाले त्यसरी नै सोच्नुहोला ।” सरकारको वार्षिक नीति तथा कार्यक्रम सधैँ आकर्षक र कर्णप्रिय आउने तर त्यसको कार्यान्वयनको पक्ष फितलो देखिइरहँदा वार्षिक नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्ने प्रधानमन्त्रीको उद्घोषले नीति तथा कार्यक्रम र बजेटमा केही सुधार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
कर्जा व्यवस्थापन गर्न सके निष्क्रिय कर्जा आफैँ व्यवस्थापन हुन्छ । ४० को दशकपछि सुरु भएको आर्थिक उदारीकरणको लहरसँगै जसरी बैङ्क तथा वित्तीय संस्था जुन गतिमा खुले तथा विस्तार भए, त्यही गतिमा खुम्चन पुगेको तथ्याङ्कले देखाउँछ । नियामकको खुकुलो नीति, अस्वस्थ प्रतिस्पर्धा, विश्लेषणबिनाको सेयर होल्डरको लगानी, बैङ्क संस्थाको दूरगामी सोचको अभाव, वित्तीय साक्षरताको अल्पज्ञान, विभिन्न किसिमका आतङ्क फैलाउने स्वार्थ समूहका भाष्य जस्ता परिवेशले वित्तीय संस्थालाई सही ढङ्गबाट सञ्चालन हुन कठिन अवस्था सिर्जना भयो । नियामक निकायका नीति नियमको पूर्ण पालना गर्ने सन्दर्भमा वित्ती