करेन्ट लागेर तनहुँमा एक मजदुरको मृत्यु भएको छ। मुग्लिन–पोखरा सडकखण्ड विस्तार प्रसारण लाइन निर्माणमा काम गर्ने वर्ष १८ को सुवास चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताउनुभएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ।
काठमाडौँ विश्वविद्यालय र मकवानपुरको बकैया गाउँपालिकाबिच पालिकामा शैक्षिक सुधारको लागि सम्झौता भएको छ ।
बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई ।
झापा प्रहरीले दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
डिलाईटेड म्युजिक इष्डष्ट्रिजले परम्परागत शैलीको देउसी गीत तिहारको रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधी कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ ।
सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ९५ मा सीमित भएको छ ।
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३४ औँ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएको छ ।
कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।