• १२ कात्तिक २०८१, सोमबार

'देउसी गीत तिहारको रमाइलो' सार्वजनिक

blog

काठमाडौं, कात्तिक ११ गते । डिलाईटेड म्युजिक इष्डष्ट्रिजले परम्परागत शैलीको देउसी गीत तिहारको रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ । 

गीतमा गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा, डी.पी दाहाल र सबिन लिम्बुको सङ्गीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालकै आवाज छ । 

रिता सिम्खडा दाहालको प्रस्तुति रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचित निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गर्नुभएको हो । गीतमा रावल बराइलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा  स्मारिका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।