• १३ कात्तिक २०८१, मङ्गलबार

काठमाडौँ विश्वविद्यालय र बकैयाबिच शैक्षिक सुधारका लागि सम्झौता

blog

काठमाडौँ विश्वविद्यालय र मकवानपुरको बकैया गाउँपालिकाबिच पालिकामा शैक्षिक सुधारको लागि सम्झौता ।

राममणि दाहाल

हेटौँडा, कात्तिक ११ गते । काठमाडौँ विश्वविद्यालय र मकवानपुरको बकैया गाउँपालिकाबिच पालिकामा शैक्षिक सुधारको लागि सम्झौता भएको छ । गाउँपालिका कार्यालय आइतबार आयोजित कार्यक्रममा गाउँपालिका र विश्वविद्यालयबिच पालिकाको शैक्षिक सुधार गर्न सम्झौता भएको हो ।

केयु बकैया फेलोसिप कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन गर्ने गरी सम्झौता भएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकाका विद्यालयको शैक्षिक अवस्था कमजोर र विद्यार्थीको शैक्षिकस्तर खस्कँदै गएपछि सुधार ल्याउने उद्देश्यसहित सम्झौता गरिएको पालिमा अध्यक्ष लामिछानेको भनाइ छ । 

सम्झौतापछि गाउँपालिकाको चालु आव २०८१÷८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम एवम् केयू एको सहकार्यमा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान, फेलोसिप कार्यक्रम कार्यान्वयन गरिने भएको छ ।

गाउँपालिका अध्यक्ष लामिछानेले भन्नुभयो, आफू निर्वाचित भएर आएपछि पालिकामा कृषि र शिक्षाको सुधारको लागि काम गर्दै आए पनि शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधार गर्न लागेका छौँ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सम्झौतापछि शैक्षिक सुधारका लागि व्यवहारिक रूपमा काम गर्नुपर्ने बताउनुभयो । 

सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका शिक्षक रिसर्चर केवल खत्री, रिसर्चर साहस भण्डारी, गाउँपालिकाका शिक्षा अधिकृत आइतराम तामाङलगायतको उपस्थिति रहेको थियो ।