बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो गाउँपालिकामा पर्छ । विकासका दृष्टिकोणले पनि यो पालिकाले रचनात्मक प्रयास थालेको छ । २०७९ साल वैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट राप्तीसोनारी गाउँपालिकाका अध्यक्षमा तप्तबहादुर पौडेल निर्वाचित हुनुभयो । पाँच वर्षीय कार्यकाल अन्तर्गत करिब दुई वर्षको समयसीमा पूरा हुँदै छ । यस अवधिमा गाउँपालिकाले गरिरहेको विकास अभ्यास, चुनौती र सम्भावनाका विषयमा गोरखापत्रकर्मी सावित्री गिरीले अध्यक्ष पौडेलसँग गरेको कुराकानीको सारसङ्क्षेप :
केही दिनअघि औरही–४, कविलासास्थित जङ्गाहा खोला किनारको खेतमा गर्भिणी अवस्थाको नीलगाई अशक्त अवस्थामा भेटियो । नीलगाईको शरीरमा कुनै चोटपटक नदेखिएको तर नाकमुखबाट ¥याल सिँगान बगिइरहेकाले गाईले विषादी छरेको गहुँबालीमा चरेको हुन सक्ने उद्धारकर्मीले अनुमान लगाए । वनकर्मीले उद्धार गरी टुटेश्वर सबडिभिजन वन कार्यालयमा ल्याएर उपचार गर्न खोजे पनि गर्भिणी गाईलाई जोगाउन सकेनन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकालाई पथरी र नजिकैका बजारबाट निस्किने फोहोर व्यवस्थापन पेचिलो हुँदै गएको छ । तीव्र रूपमा सहरीकरण हुँदै गएको पथरीशनिश्चरे क्षेत्रबाट दैनिक करिब तीन टन फोहोर निस्किने गरेको छ । पथरी गाविस छँदै फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको पथरीशनिश्चरे नगरपालिकामा साबिकका शनिश्चरे र हसन्दह गाविस थपिएपछि फोहोर व्यवस्थापन झनै पेचिलो बनेको हो । नगरपालिकाले साबिक पथरी गाविसले फोहोर डम्पिङ गर्दै आएको शान्ति सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको क्षेत्रमा नै फोहोर डम्पिङ गर्दै आएको छ । समूहले बारम्बार फोहोर फाल्ने वैकल्पिक क्षेत्र खोजी गर्न नगरपालिकालाई पत्राचार गरे पनि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने जग्गा खरिद गर्न सकेको छैन ।
पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्समा जिपिएस जडान भएको, तालिम प्राप्त चालक र उक्त एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक रहनुपर्ने व्यवस्था गरे पनि जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा यो व्यवस्था पालना गरिएको छैन । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले माग गरेको जिल्लाका स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको देखिएको छ ।
लेखाका कर्मचारी नहुँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन सकेका छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि रोकिएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण प्रभावित जिल्लाका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । विशेष गरी अति प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिमका साथ सल्यान जिल्लाका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्याउने उद्देश्यसाथ खानेपानी आयोजनाको काम सुरु भएको छ । आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहाको लगानीमा खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभयो ।
झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते हुनु भएको छ । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । बस, ट्याक्सी र ट्याक्सी
२०७८ साल असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उहाँले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकारले नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ का कृषक श्याम पुरी ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको बताउनुहुन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन् निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँदा कार्यान्वयनमा चुनौती हुने गरेको उहाँको बुझाइ छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन नभई हतोत्साही बनाइरहेको उहाँले बताउनुभयो ।
देशमा तीन तहका सरकार क्रियाशील छन् । लामो समय केन्द्रीकृत शासन व्यवस्था चलेको र त्यसले सबै वर्ग, क्षेत्र, भूगोल, लिङ्ग, जातजाति र समुदायको समान विकास हुन नसकेकै कारण २०७२ को संविधानले देशलाई सङ्घीय संरचनामा लगेको हो । गाउँघरमै सिंहदरबारका नामले बढी परिचित स्थानीय तहले नागरिकलाई घरनजिकै सेवा प्रवाह गरिरहेका छन् । स्थानीय तहका सेवा प्रवाहका निम्ति आवधिक निर्वाचनका आधारमा निर्वाचित जनप्रतिनिधिको नेतृत्व रहने गरेको छ । जनप्रतिनिधिको नेतृत्व
आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो ।
नेपालमा सत्ता परिवर्तन सँगसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको आवश्यकता थियो । परिवर्तन भएको लामो समय भए पनि जनअपेक्षा अनुसार काम हुन सकेको छैन । ढिलो भएकाले प्रतिक्रियावादीले टाउको उठाउन खोजेका हुन् । अब धेरै ढिला गर्नु हुँदैन । अब पनि परिवर्तन पक्षधर एकजुट भएर उत्पादन र निर्माणमा लागेनन् भने सोचे अनुसारको प्रतिफल हासिल हुन सक्दैन । नेकपा माओवादीले हेटौँडाको सातौँ महाधिवेशनमा उत्पादनको बारेमा कुरा उठायो । त्यो सकारात्मक पाटो थियो तर कार्यान्वयन भएन । नेपाल कृषिप्रधान देश भनिए पनि उत्पादनको क्षेत्रमा निराशा बढेसँगै मुलुक परनिर्भरतातिर जाँदै छ ।