साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड २४ घण्टा सञ्चालनमा आएको छ । यसअघि सो राजमार्ग बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालनमा रहेको थियो ।
डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।
फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए ।
कात्तिक महिना लागेपछि किसानलाई मार्सी धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । बर्षे खेती मार्सी धान भित्र्याउने बेला किसान निकै ब्यस्त छन् ।
भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरुबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नुः अहिलेको प्रमुख आवश्यता भएको बताउनुभएकोछ।
कोशी प्रदेश सरकारले बाढी पहिरोबाट पूर्वाधारमा भएको क्षति पुननिर्माण गर्न चालु वर्ष मन्त्रालयमा विनियोजन भएको बजेटबाट १० प्रतिशत रकम समर्पण गराउने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुराना बन्द उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएका उहाँले भन्नुभयो, ‘पहिले सञ्चालनमा रहेका र हाल लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनको तयारी सरकारले गरेको छ, हामी दुई तीनवटा मोडालिटीमा छलफल गरिरहेका छौं, पब्लिक शेयरमा जाने, वैदेशिक लगानी जुटाउने कसरी हुन्छ सल्लाहमै छौं ।’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ र बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालबिच कार्यसम्पादन करार सम्झौताभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सही ढङ्गले कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ। सरोकारवाला निकायहरूको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र यो सफल हुने उहाँको भनाइ छ।
दसैँको मुखैमा भएको वर्षातले बिग्रिएका राजमार्गहरू अझै दुरुस्त भइसकेका छैनन्।सडक यात्रा सकसपूर्ण हुँदा अहिले हवाई क्षेत्रमा यात्रुको चाप छ।यस्तो समयमा मध्य युरोपको पोल्यान्डबाट छ सदस्सीय टोली भने ट्रकमा यात्रा गर्दै पोखरा आइपुगेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तीन तहका सरकारले काम गर्ने क्षेत्र जनता भएकाले आपसी सहकार्य समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो।