नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।
चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।
गुल्मीको इस्मा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढीले सेवा लिएका छन् ।
राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुग्नुभएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा बालबालिकाहरुले दिवा खाजाको रकम थप गर्न माग गरेका छन् ।
बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गर्नुभएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानलाई सिंचाइ गर्न सहजताका लागि विद्युत मोटर वितरण गर्न सुरू गरेको छ।
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शङ्कास्पद रूपमा मृत फेला परेकी शालीन पोखरेलको शव परीक्षण गर्दा झुण्डिएर मृत्यु भएको कारण खुलेको छ ।