भक्तपुर नगरपालिका–४, बोलाछे तालाक्व ९पोट्टरी स्क्वायर०मा तिहार र छठ पर्वका लागि बनाइएका माटाका भाडा घाममा सुकाउँदै महिला ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम तत्काल सुरु गरिने बताउनुभएको छ ।
पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रूपमा लगी ठगीमा संलग्न भएको आरोप छ ।
वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ ।
कर्णाली प्रदेश सरकारले कर्मचारीको क्षमता विकास गर्न मानव संसाधन नीति बनाउन लागेको छ ।
समयमै आफूहरूको स्थायी आवास नबन्नेमा यहाँका भूकम्पपीडितलाई चिन्ताले पिरोल्न थालेको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।
मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ ।
सिन्धुली जिल्लामा असोज महिनाको दोस्रो साता आएको बाढीपहिरोबाट झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति पुगेको छ । तीन दिनसम्मको अविरल वर्षापछि जिल्लाका सुनकोशी नदी, रोसी खोला, मरिण खोला, बागमती नदी एवं विभिन्न खोलानालामा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले जमिन कटान र पुरेर कृषि बालीमा क्षति पुगेको कृषि विकास कार्यालय सिन्धुली
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको बताउनुभएको छ ।
चाडपर्वका अवसरमा दिइएको बिदालाई कैलालीका एक विद्यालयको छात्राले हस्तकलाको सिप सिकेर सदुपयोग गरिरहेका छन् ।
नेपाल युथ फाउन्डेसन नेपाल र धनगढी उपमहानगरपालिकाको साझेदारीमा निर्माण भइरहेको ओल्गापुरी भोकेसनल स्कुलमा बेलायती नगरिकले श्रमदान गरेका छन् ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनु भएको छ ।
धनगढी उपमहानगरपालिकाले धनगढीका खोलामा भएको अतिक्रमण हटाउने तयारी गरेको छ ।
मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको छ वर्ष भयो । फोहोरमा कवाडी सामान खो