• १० मंसिर २०८१, सोमबार

तीन तहका सरकारले सहकार्य गरौँ : मुख्यमन्त्री कँडेल

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री यामलाल कँडेल। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, कार्तिक ७ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले  तीन तहका सरकारले काम गर्ने क्षेत्र जनता भएकाले आपसी सहकार्य समन्वय गरेर  काम गर्नुपर्ने बताउनुभयो।

कर्णाली प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सल्यान खलंगमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारसँग सीमित स्रोत साधन भए पनि कार्यान्वयनमा गर्न नसकिएको बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख सहभागी रहेको कार्यक्रममा मुख्यमन्त्री कँडेललाई  प्रदेश सरकारले योजना छनौट, कार्यान्वयनमा समन्वय सहकार्य नभएको भन्दै गुनासो गरिएको थियो।मुख्यमन्त्री कँडेल आ-आफ्नो सीमामा बसेर सहकार्य गरिने बताउनुभयो।

प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले  प्रदेश सरकारले अघि सारेका योजनामा भुक्तानीको कुनै समस्या नभएको बताउनुभयो।

कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री सुरेश अधिकारीले योजना छनौटमा जस जसले पहल गरे पनि सरकारको कार्यक्रम भएकाले सबैले अपनत्व लिएर कार्यान्वयनमा भाग लिनुपर्ने बताउनुभयो।

प्रदेश सभाका सदस्य भीम प्रकाश शर्माले  सङ्घीयता कार्यान्वयन गर्न र जनतालाई प्रभावकारी सेवा दिन  आ-आफ्नो अधिकार र कर्तव्यलाई ख्याल गर्नु पर्ने बताउनुभयो।

कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी सहित १० स्थानीय तहका प्रमुख उपप्रमुख, प्रशासकीय अधिकृत सहित प्रदेश सरकारका जिल्ला स्थित कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।