कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुभएको छ ।
सडकको विस्तारसँगै गाउँमा खाना पकाउने ग्यासको प्रयोग बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
मधेश प्रदेशका जिल्लामा छठ पर्वको मुख्य दिन बिहीबार पहिलो अर्घ अर्पणको तयारी गरिएको छ ।
लोकआस्थाको महापर्व छठको दोस्रो दिन रुपन्देहीका जलाशय र नदी किनार बेहुली झैँ सिँगारिएको छ ।
घरमा लागिरहेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते हुनु भएका पाँचथर फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ ।
जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्माण व्यवसायीको लापर्बाहीका कारण विगत आठ वर्षदेखि अलपत्र परेको बुटवलको मुख्य सडक क्षेत्रको सडक विस्तारको काम पुनः सुरु भएको छ ।
पोखरा महानगरपालिकाले केही महिनाअघि स्थायी नियुक्ति दिएका १२९ कर्मचारीको नियुक्ति बदर भएको छ ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत उद्योगका रूपमा सञ्चालन हुँदै आएका पानीघट्ट लोप हुन थालेका छन् ।
भरतपुरको मुख्य राजमार्गमा सिसी क्यामरा जडान नहुँदा अपराधलगायत घटनाको अनुसन्धान गर्न समस्या परेको छ ।
मानिस बिरामी भएको बेला एकै पटक उपचार स्वास्थ्य खर्च जुटाउन कठिन हुन्छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसबी) ऐन, २०८१ आजबाट प्रारम्भ भएको छ ।
आर्थिक सर्वेक्षणका अनुसार २०८० साल फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ ।