गण्डकी, कात्तिक २२ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुभएको छ ।
छठका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्पराको लाई प्रवर्द्धन बल पुगेको उल्लेख गर्नुभएको छ । “छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।
सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वाञ्छित। फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःख कष्ट हट्ने जनविश्वास छ ।