जारी युद्धको बाबजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियानअन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सिन्धुलीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो ।
इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ ।
हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलामा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
सदरमुकाम तौलिहवास्थित रहेको बालगृहका बालकलाई बुद्धभुमि नगरपालिकाले कम्बल सहयोग गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीकोटमा बिहीबार दिउँसो भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।
नवलपुरमा दोस्रो गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने भएको छ । कृषि उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि जिल्लाको गैँडाकोटस्थित नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।
लगातार दश दिनसम्म चल्ने अछामको सबैभन्दा ठुलो केदारनाथ मेला यस वर्ष प्रारम्भ भएको छ । केदारनाथ देवताको पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चर्तुदशीसम्म मेला लाग्ने गर्छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उप-निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ ।
डेंगुको सङ्क्रमण बर्सेनि बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा बर्सेनि डेंगु सङ्क्रमण बढिरहेको उनीहरूको दाबी छ ।
छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री घाटमा राखिएका हुन् ।
आगामी कात्तिक २९ र ३० गते ११ औँ जिल्ला अधिवेशनका लागि नेकपा (एमाले) इलामले प्रतिनिधि छनौट सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले पाँच अर्ब पाँच करोड रकम निर्माण व्यवसायीलाई भुक्तानी गरेको बताउनुभएको छ ।