सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन २०८०) मा थारु, रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा गठित सुझाव समितिले मुख्यमन्त्री कमलबहादुर शाहलाई आज प्रतिवेदन बुझाएको छ ।
बेइजिङ र वासिङ्टनबिच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताउनुभएको छ ।
दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–३ वनगाँउ हरियाली टोल निवासी ४० वर्षीय गणेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि आफै रूपान्तरण हुन आवश्यक भएको बताउनुभएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ निर्धारण गरेको छ ।
अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गर्नुभएको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७ः०५ बजेबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
सिँचाइ, मत्स्यपालनका लागि निर्माण गरिएका कृत्रिम जलाशयहरूमा डुङ्गा चलाउन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका डुङ्गा खरिद गरी पालिकाले जलाशय रहेका वडाहरूलाई डुङ्गा हस्तान्तरण गरेको थियो ।
छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
दसैँतिहार मनाउन गाउँघर आएका आआफ्नो काममा फर्कन थालेपछि ग्रामीण बस्ती सुनसान बन्न थालेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको पर्यटकीय, पुरातात्त्विक एवं ऐतिहासिक स्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ ।