अमेरिका, कात्तिक २२ गते । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गर्नुभएको छ ।
वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उहाँले आफूहरूको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताउनुभयो ।
आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिनुभयो ।
उहाँले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उहाँलाई विजयका लागि बधाई दिएको बताउनुभयो । शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल