पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।
रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा दुई दिने शिविर शुक्रबारबाट सुरु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर कम्पनीले पछिल्लो समय विद्युत गहृभित्र मिनरल वाटर उद्योग खोलेर दैनिक २० हजार लिटर पानी प्रशोधन गरी बजारमा बिक्री गर्न सुरु गरेको छ ।
एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ ।
खोटाङमा सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । साथीले मृगलाई भनेर हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटमा दुई वटा पालिकामा हुन लागेको उपनिर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार टुङ्गो लगाउन थालेका छन् । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुशे गाउँपालिका ७ को वडा अध्यक्ष पदमा हुन गई रहेको उपप्रमुख पदका लागि सबै दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङगा नगर कमिटीको अध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । बिहीबार राति सम्पन्न दोस्रो नगर अधिवेशनबाट उहाँ सर्वसम्मत निर्वाचित भएको एमाले गुल्मीले जनाएको छ ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेशमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ ।
२०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ ।
दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ ।
भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त भएको छ ।
इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ ।