असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ। कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
नेपालका तीन बडी बिल्डिङ रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५ औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक जित्नुभएको छ।
प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जको काम बिना परामर्श अघि बढाइएकोमा विरोध जनाएको छ।निकुञ्ज स्थापनापछि स्थानीय बासिन्दा थप पीडित बन्ने गरेको भन्दै महासङ्घले सो प्रस्ताव खारेज गर्न समेत माग गरेको छ।
बाँकेको भएको गाडी दुर्घटनामा शुक्रबार पाँच जना घाइते भएका छन्। रत्न राजमार्गको देउराली नजिकै फोर्स गाडी दुर्घटना भएको हो।
टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गको भरतपुर महानगर पालिका वडा नम्बर ९ वसन्त चोकमा शुक्रवार दिउँसो दुर्घटना हुँदा एक गम्भीर र एक जना सामान्य घाइते भएका छन्।
पोखरा महानगरको वडा नम्बर १७ मा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शुक्रबारदेखि चीनको युनान प्राप्तका तस्बिर प्रदर्शनीमा राखिएका छन्। युनान प्रान्तका पर्वत, हिमाल, पर्वतीय खेलकुद आदि समेटिएका ६० फोटाहरु डिसेम्बर ३१ सम्म प्रदर्शनीमा राखिनेछन्।
बागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट । जिल्ला सदरमुकाम भएपछि रुकुमकोटमा विस्तारै विकास हुँदै गएको छ ।
भन्सारमा नेपाली सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर एक व्यक्तिबाट पैसा असुल्ने दुई जना अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गर्नुभएको छ ।
सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् ।