• १० मंसिर २०८१, सोमबार

जुम्लाबाट नेपालगन्ज आउँदै गरेको गाडी दुर्घटना, पाँच जना घाइते

blog

दुर्घटनाग्रस्त गाडी ।

कमल खत्री

धम्बोझी, कात्तिक २३ गते। बाँकेको भएको गाडी दुर्घटनामा शुक्रबार पाँच जना घाइते भएका छन्।  रत्न राजमार्गको देउराली नजिकै फोर्स गाडी दुर्घटना भएको हो। 

जुम्लाबाट नेपालगञ्जतर्फ आउँदै गरेको लु २ ख ५७८५ नम्बरको फोर्स गाडी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित १५ खोला मोडमा टायर पड्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। 

प्रहरीका अनुसार घाइते हुनेमा कोहलपुर नगरपालिका–११ का गाडी मालिक ४२ वर्षीय अलिबहादुर शाही, बर्दिया बाँसगढी नगरपालिका–१ की ३५ बर्षीया टिका घर्ती, जुम्लाको पतारासी गाउँपालिका–५ की ४४ वर्षीया सुशीला बुढा एवं सोही ठाउँकी ३१ वर्षीया अमकली बुढा तथा बर्दियाको बाँसगढी नगरपालिका–३ की २० वर्षीया गीता परियार रहनु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। 

घाइतेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। गाडी चालक र गाडीलाई प्रहरीको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।