मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।
प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई] विरुद्ध खेल्ने भएको छ ।
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ l
आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका सुरक्षा तयारी सुरु भएको छ ।
नेपालमा विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई कानुनी दायरामा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको एक समितिले सुझाव दिएको छ ।
सात प्रदेशमध्ये सबैभन्दा बढी दलित मानव अधिकार उल्लङ्घनका घटना मधेश प्रदेशमा भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिनाको आरोप लागेका सहकारीका व्यवस्थापक ज्योति गुरुङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।
जनताको धुरीबाट धुवाँ नपुत्ताएसम्म आफूले नखाने राष्ट्रप्रमुख रहेको इतिहास पढेको नेपाली समाजमा अचेल जनप्रतिनिधिदेखि राष्ट्रसेवक कर्मचारी वा समाजका अगुवाले अवसर वा सेवा प्राप्तिको पहिलो दाबी गर्छन् तर मुस्ताङको मार्फामा भने त्यस्तो छैन ।
विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटि सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ ।विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
नेपालको जलवायु कार्य प्रयासलाई थप बढावा दिन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बिच सम्झौतामा हस्ताक्षर भएको छ। मन्त्रालयमा आज भएको सम्झौताको उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप) को आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखिएको छ ।
युवा पुस्ताका लोकप्रिय गायक नारायण थापाको स्वरमा सजिएको नयाँ गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ । चर्चित गीतकार डा. कृष्णहरि बरालको शव्द रचना रहेको उक्त गीत शुक्रवार आभूषण इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको हो ।
पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको बिकास प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।