रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ ।
यस पटक तिहारमा सयपत्री बारीबाटै बिक्री भएपछि यहाँका कृषक उत्साहित भएका छन् । गत वर्ष तिहारमा प्लास्टिकका माला भारतबाट ल्याएर बिक्री बढी भएपछि स्थानीय कृषक चिन्तामा परेका थिए ।
इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताउनुभएको छ ।
सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएपछि बिरामीको उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।
इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।
रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
हिमालयन टुरिजम फोरमको आयोजनामा सुरु भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले पोखराको बाराहीघाट शनिबार शुभारम्भ गर्नुभएको छ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् ।
बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा निर्माण सम्पन्न भएको छ ।
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ ।
साहित्यकार कर्ण दयाल ‘सोराडी’ ले दुर्गममा बसेर पनि १० वटा साहित्यिक कृति प्रकाशन गर्नु भएको छ । पछिल्लो कृतिका रूपमा उहाँले ‘दोपानी’ लघुकथा सङ्ग्रह बजारमा ल्याउनुभएको हो ।