नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ।
पाँचथरको फिदिममा आयोजनामा आइतबार हुने ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला महिला तथा पुरुष हाफ म्याराथन’ को तयारी पूरा भएको छ ।
सञ्चार प्रविधि तथा सूचना मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, संस्कृति, सभ्यता लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सव एवम् कवि विमल गुरुङ कृति पुरस्कार २०८० समर्पण समारोहमा आयोजित कविता प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङगाना) प्रथम हुनुभएको छ ।
महावु गाउँपालिका र भैरवी गाउँपालिकालाई जोड्ने छामघाट खोलास्थित दारेघाट मोटरेवल पक्की पुलको शनिबार शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीताकुमारी रानाले शिलान्यास गर्नुभएको हो।
बागलुङको लामो पुलको अवलोकन गर्ने पर्यटकको भिड लागेको छ । प्रसिद्ध बागलुङ–कालिका भगवती मन्दिरनजिक कालिगण्डकी नदीमाथि निर्माण गरिएको पाँचसय ६७ मिटर लामो गण्डकी गोल्डेन ब्रिजले यतिखेर पर्यटक आकर्षित गरिरहेको छ ।
नेपालगन्ज उपमहानगपालिका वडा ४ स्थित न्यूरोडनजिक रहेको बौद्ध गुम्बा र गुम्बाबाट देखिएको डुब्दै गरेको सूर्य ।
दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ।
नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावकले बर्चश्व बनाएका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगर मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
बाँके जिल्लामा गत साढे तीन महिनाको अवधिमा ६३ वटा सर्पको उद्धार गरिएको छ।
मङ्सिर १४ देखि २३ गतेसम्म संयुक्त अरव इमिरेट्स (युएई) मा अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभएको छ।
पुनः फर्किएको भीरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानीका स्थानीय जुटेका छन्।