कावासोती नगरपालिकाले फुटबल खेलका लागि खेलाडी तयार पार्दैछ ।
पाँचथरको फिदिम १२ नांगीनका रिञ्जी शेर्पाको घरमा बिहीबार राति आगलागी भएको छ ।
बेरोजगारीका कारण अहिले बाजुराका अधिकाशं गाउँ बस्ती रित्तिदै गएका छन् ।
संयुक्त राष्ट्रका अनुसार, सोमालियामा करिब तीन करोड ४० लाख मानिस उच्च स्तरको खाद्य असुरक्षासँग जुधिरहेका छन् । तीमध्ये करिब छ लाख २० हजार मानिस आपतकालीन स्तरको सङ्कटमा छन् ।
नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको हो ।
बोस्नियाको टुज्ला सहरस्थित एक वृद्धाश्रममा नोभेम्बर ४ का साँझ भएको विनाशकारी आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
ल्याटिन अमेरिकी जल क्षेत्रमा अमेरिकी नौसेना तैनाथीले भूमि आक्रमण र क्षेत्रीय द्वन्द्व चर्किन सक्ने चासो बढिरहेका बेला अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार ‘नार्को-आतङ्ककारीलाई हटाउने’ भन्दै नयाँ सैन्य कारबाहीको घोषणा गर्नु भएको छ ।
सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो ।
उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उहाँकै पूर्व सत्तारूढ अवामी लिग पार्टीले गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनसम्बन्धी मुद्दाको विरोधमा राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेशभर कक्षा, यातायात र दैनिक गतिविधि बिहीबार व्यापकरूपमा अवरुद्ध भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित हुने निर्णय गरेको छ ।
मनाङका उच्च लेकमा पालिएका याक, चौँरी तथा भेडाच्याङ्ग्रालाई बेसीमा सारिएको छ ।
दक्षिणी शहर खान युनिसस्थित गाजाको नासेर अस्पतालले शुक्रबार इजरायल र हमासबिचको युद्धविराम सम्झौता अन्तर्गत १५ जना प्यालेस्टिनीको शव प्राप्त गरेको जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
फडिन्द्र अधिकारी लेखनाथ, कात्तिक २८ गते। गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालयको ऐन संशोधन गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकबाट गण्डकी विश्वविद्यालयको पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित भएको हो । गएको कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफल भएको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी प्रदेशसभाले स्थापना गण्डकी विश्वविद्यालय ऐन २०७६ लाई निर्माण गरी गण्डकी विश्वविद्यालय सञ्चालन गरिरहेको छ । विश्वविद्यालयलाई समानुकूल सञ्चालन गर्न यो विधेयक ल्याइएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जानकारी दिनुभयो । यो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । मन्त्री थापाले गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक संस्था बनाउन यो संशोधनले सघाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुनेछ ।”त्यसअघि, विधेयकमाथिको छलफलका प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा संशोधनले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गर्नुभयो ।सांसद सुशीला सिंखडाले शिक्षालाई राजनीतिकरणबाट टाढा आग्रह गर्नुभयो । सांसद महेश भट्टराईले विश्वविद्यालयका पदाधिकारीको योग्यतामा स्पष्टता ल्याइएको विधेयकले यसलाई सबल बनाउन सघाउने विचार राख्नुभयो । विश्वविद्यालयको न्यायिक परिषद् अब १५ सदस्यीय हुने । जसमा कम्तीमा पाँच महिला सदस्य अनिवार्य गरिएको छ ।कुलपति पदको योग्यतामा संशोधन गर्दै विद्यावारिधि उपाधि प्राप्त वा शैक्षिक÷ प्राज्ञिक÷ प्रशासनिक वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव र न्यूनतम ४५ वर्ष उमेर राखिएको छ । उपकुलपति पदका लागि विद्यावारिधि, आठ वर्ष अनुभव र ४० वर्ष उमेर पुगेको हुनुपर्नेछ । शुक्रबारै गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।