बाकु, फागुन २१ गते । अजरबैजानको एयरपोर्ट र स्कूल नजिकै बिहिबार भएको इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भएपछि इरानी राजदूतलाई छलफलको लागि बोलाएको जनाइएको छ ।
आक्रमणका लागि दुई वटा ड्रोन प्रयोग भएको र ड्रोन इरानबाट अजरबैजानको नखिचेभानको एक्सक्लेभमा प्रवेश गरेको जनाइएको छ । एउटा ड्रोन नखिचेवन विमानस्थलको टर्मिनल भवनमा र अर्को ड्रोन शेकराबाद गाउँको एउटा विद्यालय भवन नजिकै खसेको विदेश मन्त्रालयले जनाएको छ ।
आक्रमणले विमानस्थलमा क्षति पुग्नुका साथै दुई जना सर्वसाधारणलाई घाइते भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त आक्रमणको विरोध गर्न बाकुमा इरानी राजदूतलाई बोलाएको पुष्टि गर्दै आक्रमण अन्तर्राष्ट्रिय कानूनको र सिद्धान्तको विपरित भएको जनाएको छ ।
अजरबैजानले आक्रमणको जवाबी कमद चाल्नेसमेत मन्त्रालयले जनाएको छ । अजरबैजानको निकट सहयोगी र प्रमुख हतियार आपूर्तिकर्ता इजरायलले अजरबैजानको क्षेत्रलाई आक्रमण गर्न प्रयोग गर्न सक्ने चिन्ता इरानले लामो समयदेखि व्यक्त गर्दै आएको जनाइएको छ । गत जुन महिनामा, अजरबैजानले इरानलाई आश्वासन दिलाउदै इजरायललाई इरानी क्षेत्रमा आक्रमण गर्नका लागि आफ्नो क्षेत्र प्रयोग गर्न नदिने बताएको जनाइएको छ । रासस/एएफपी