धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।
निर्वाचन आयोग नेपालले आज नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ।
सुर्खेतको काँक्रेबिहार क्लब कर्णाली प्रदेशबाट राष्ट्रिय फुटबल लिगमा छनोट हुने इतिहासकै पहिलो टोली बनेको छ ।
सिद्धार्थ विद्या सदन (छात्र) र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्रा) एन्फा यु–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ६ सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
रुकुमपश्चिमबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ बगर स्थित भेरी नदिमा एक किशोर बेपत्ता भएका छन् ।
विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन एक फोकल युनिट स्थापना गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक हुनुपर्नेमा जोड दिनुभएको छ ।
रेड प्लस अन्तर्गत कार्वनडाइअक्साइड उत्सर्जन न्यूनीकरण सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रम शुक्रबारदेखि धनगढीमा सुरुभएको छ । डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल, ग्रामीण पुनस्र्थापना नेपालको आयोजनामा सामुदायिक वनका प्रतिनिधि, वनसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम आयोजना गरिएको हो ।