मध्यपूर्वमा चर्किएको इरान सम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनबिच यस साता हुने भनिएको नयाँ चरणको वार्ता स्थगित भएको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभएको छ ।
कालीकोट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज शान्तिपूर्ण रूपमा मतदान भईरेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म उत्साहजनक सहभागिताका मतदान भइरहेको हो।
सल्यान कारागारबाट शतप्रतिशत अस्थायी मतदाताले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कारागार कार्यालय सल्यानका १९ जना मतदातामध्ये सबैले मतदान गरेका हुन् ।
सुनसरीमा ५६ प्रतिशत मत खसेको छ । मतदानस्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ ।
कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ ।
कास्कीमा निर्वाचनका दिन बिना पास सञ्चालनमा रहेका सवारीसाधनहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । बिहीबार बिहानदेखि दिउँसो ४ बजेसम्म एक सय ८५ सवारी साधन नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालय धादिङ अस्थायी मतदान केन्द्रका मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार २६४ कैदीबन्दीमध्ये ७१ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वाकरको सहारामा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । उपत्यकामा कुल मतदाता ११ लाख ८५ हजार ३७४ मध्ये हालसम्म ६३ लाख पाँच हजार ४२८ ले मतदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालित गरेको छ ।
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो।
स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ को मलईमा अझै मतदान हुन सकेको छैन।
अछामका दुई निर्वाचन क्षेत्रमा ३२ हजार ९८० महिला र २४ हजार ८३७ पुरुष गरेर ५७ हजार ८१७ जनाले मतदान गरेका छन् ।