नेपाली सञ्चारकर्मीको एक टोली एकसाता भारत भ्रमणको क्रममा दिल्ली पुगेको थियो । आगरासहित दिल्लीमा चार दिन विभिन्न स्थानको अवलोकन गरेर दिल्लीको पहाडगन्जस्थित महारानी होटेलमा बसिरहेका थियौँ ।
नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध ७७ वटै जिल्लामा शनिबार जनप्रदर्शनसहित जनसभा गर्दैछ । यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको छ ।
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म आठ करोड ९४ लाख सङ्कलन भएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ ।
पुर्बेली भाकामा पोख्त ओखलढुङ्गा निवासी राजु ढुङ्गेल नेपाली लोकसङ्गीतका समर्पित गायक हुनुहुन्छ । उहाँले कलात्मक यात्रा प्रारम्भदेखि नै पुर्बेली लोकभाकालाई आधुनिक स्वरूपमा प्रस्तुत गर्ने दृढ सङ्कल्प राख्नुभयो ।
नाटक ‘हरि हजुरबा’ मोफसलमा पहिलो पटक प्रदर्शन भएको छ । नाटकका निर्देशक नाजिर हुसेन र कलाकार विजय बरालको टोलीले गुलरियाको राधाकृष्ण चोकमा शक्रबार नाटक मञ्चन गर्नुभएको हो ।
मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गरेका छन् । भीमफेदी गाउँपालिका–५, सुपिङमा एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलेको छ ।
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई अनुरोध गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अगुवाले निर्वाचनअगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालका निम्ति चिनियाँ राजदूत चेन सोङले परिवर्तित परिस्थितिमा दुवै देशबिचको सम्बन्ध अझ सुधारको दिशामा अग्रसर रहेको बताउनुभएको छ । नेपालमा जेनजीले उठाएका सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्रत्तर आर्थिक विकास जस्ता माग कार्यान्वयनले दुवै देशलाई सँगै मिलेर अघि बढ्ने मार्ग फराकिलो हुने उहाँको धारणा छ ।
नेपाल टेलिकमले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रमा टेलिकमको नेटवर्क विस्तार तथा फोरजी सेवाको पहुँच अभिवृद्धि भएको छ ।
प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने आग्रह गरेको छ ।
निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौंले पछिल्लो दैनिक तथा समग्र नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। कात्तिक कात्तिक २८ गतेसम्म दुई लाख ८१ हजार १२९ जना थपिएका छन् ।