• २१ फागुन २०८२, बिहिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

blog

गाईघाट (उदयपुर), फागुन २१ गते ।जिल्लाको चौदण्डीगढी नगरपालिका-९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिका-९ को हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५००२ क १८२७ नम्बरको मोटरसाइल अनियन्त्रित भई दुर्घटना भएको हो ।

 दुर्घटनामा मोटरसाइकमा सवार सोही नगरपालिका-५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका १८ वर्षीय मौषम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन् । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरन्जन थापाले जानकारी दिनुभयो । रासस