प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ ।
सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणमा सोमबार काठमाडौँ गोर्खाजले टस जितेर बलिङ रोजेको छ ।
नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ ।
नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।
अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार अस्वीकार गरेको छ ।
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई-अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
काठमाडौँ, मङ्सिर १ गते । समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउ चिकित्सकले आग्रह गरेका छन् । वल्ड प्रिम्याचुरिटी डेको अवसरमा आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा. एली प्रधान रञ्जितकारले यस्तो आग्रह गर्नुभएको हो । समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने भएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ समय अगावै जन्मिएका शिशुमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुने हुँदा भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । परीक्षण नगराउँदा जोखिम बढ्दै जान्छ ।”नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा समस्या देखिन सक्ने बाल आँखा रोग विशेषज्ञ डा.सिर्जना अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यस्ता बच्चाका आँखाको पर्दामा रगत जम्ने गर्छ यदि समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”डा.प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने जानकारी दिनुभयो ।
साउदी अरबस्थित भारतीय दूतावासले पवित्र सहर मदीना नजिकै मुस्लिम तीर्थयात्री सवार बस दुर्घटना भएको पुष्टि गरेको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
सयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सम्भावित साइबर सुरक्षा खतराविरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबारदेखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ ।
भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपिजी आपूर्ति सुनिश्चित गर्ने एक ‘महत्ट्टवपूर्ण’ वार्षिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसलाई भारतले ऊर्जा स्रोतको दिगो विविधीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा वर्णन गरेका गरेको छ ।
सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।
वीर अस्पतालको अवलोकनपछि मन्त्री गौतमले वीर अस्पतालमा आधुनिक उपकरणका साथै दक्ष चिकित्सकबाट सेवा दिँदै आएकोले ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको हो ।
हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८१६३) मिटर पछिल्ला वर्षहरुमा पर्यटकको पहिलो रोजाइ बनेको छ ।