• २३ फागुन २०८२, शनिबार

रौतहट –१ मा रास्वपाका चौधरी १३ हजार मतान्तरले अगाडि

blog

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट –१ का उम्मेदवार राजेश कुमार चौधरी । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन २३ गते ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार राजेश कुमार चौधरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गर्नुभएको छ ।

यो समाचार तयार पार्दासम्म रास्वपा उम्मेदवार चौधरी १३ हजार ४७८ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ । ५२ हजार ५३५ मतको गणना गर्दा चौधरीले २१ हजार ५८८  मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ८ हजार ११० मत, नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झाले ६ हजार ४९ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पाँच हजार ४७२ मत पाउनु भएको छ । यस्तै जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादवले पाँच हजार ३२४ मत पाउनुभएको छ ।