चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । शनिबार बिहान ६ बजेसम्मको मतगणना परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका कोमल ज्ञावाली फराकिलोे मतान्तरका साथ अग्र स्थानमा हुनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिम भएको निर्वाचनको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता लिनुभएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै उत्साहजनक अग्रता कायम गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी विजयी हुनुभएको छ ।
चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । तीन भाइ एकदमै मिल्छन् । उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन् । सानैमा बुवाआमा बिते पनि उनीहरूको मायाममता भनेको दाजु नै हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको
तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई आठ सय ७९ मतलेपछि पार्दै सुब्बाले जीत हासिल गर्नु भएको हो ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताभित्र कहिले उहाँ कक्षाकोठामा नाटकका सिद्धान्तहरू व्याख्या गरिरहेका भेटिनुहुन्छ, त कहिले रङ्गमञ्चको प्रकाशमुनि कुनै चरित्रमा एकाकार भइरहेका देखिनुहुन्छ । ती पात्र हुनुुहुन्छ, डा. अशोक थापा । नेपाली नाट्य क्षेत्रमा अध्ययन, अनुसन्धान र अभिनयको त्रिवेणी मानिनुहुने थापाको जीवन आफैँमा एउटा जीवन्त नाटक जस्तो लाग्छ, जसमा बाल्यकालको कौतूहल, युवावस्थाको सङ्घर्ष र परिपक्व उमेरको उपलब्धि समेटिएको छ ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मत गणनाको काम तिव्र गतिमा भइरहेको छ । मतगणनाको कार्य भइरहँदा काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अन्य उम्मेदवारसँगको मतान्तर बढाउँदै लैजानुभएको छ ।
पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ घरी टप्पामा आधारित ‘कर्णालीका छाइला’ सुनाउनुहुन्थ्यो भने लगत्तै पश्चिम कुनाबाट पूर्वी कुनाको हाक्पारेमा आधारित ‘कोशीको पानी यो जिन्दगानी’ गाउन थाल्नुहुन्थ्यो ।
प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले १२ करोडभन्दा धेरै कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार चलचित्रले १२ करोडभन्दा धेरै कमाइ गरेको हो ।
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोब्बर मत बढीले अग्रता कायम गर्दै आएको छ ।