• २३ फागुन २०८२, शनिबार

‘आबाट आमा’ को कमाइ १२ करोडमाथि

blog

काठमाडौँ, फागुन २३ गते । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले १२ करोडभन्दा धेरै कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार चलचित्रले १२ करोडभन्दा धेरै कमाइ गरेको हो ।

विवरण अनुसार चलचित्रले १२ करोड २३ लाख ३८ हजार ८२९ रुपियाँ कलेक्सन गरेको छ । यस अवधिमा चलचित्रको चार लाख ६१ हजार ५७२ वटा टिकट बिक्री भएको छ ।

चलचित्र गत माघ १६ देखि हलमा प्रदर्शनरत छ । चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारले अभिनय रहेको छ भने चलचित्रका निर्देशक चन्द्र पन्त हुनुहुन्छ ।