झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मी विजयी हुनु भएको छ ।
चीनमा विकास भइरहेको ठुलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठुलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ ।
नेपालको अर्थतन्त्रमा हाल बाह्य क्षेत्र मजबुत देखिए पनि त्यसको आधार मुख्यतः रेमिट्यान्स आप्रवाहको दिगोपनामा चुनौती रहेको नेपाल राष्ट्र बैङ्कले औँल्याएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदन ‘समष्टिगत आर्थिक प्रतिवेदन, २०२६’ ले रेमिट्यान्समा निर्भरता घटाउँदै उत्पादन र निर्यात विविधीकरण, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि तथा वित्तीय क्षेत्र सुदृढीकरणमार्फत मात्र हालको सुधारलाई दिगो बनाउन सकिने निष्कर्ष निकालेको छ ।
पश्चिम एसियाका देशमा देखिएको तनावपछि कतार एयरवेजका दुई बोइङ ७८७–९ ड्रिम लाइनर जहाज एक सातादेखि नेपालमै रोकिएका छन् । कतारको दोहाबाट यात्रु बोकेर गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यी जहाज कतारको हवाई आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका हुन् ।
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता लिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार शुक्रबार साँझ ११ बजेसम्म रास्वपाले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ चार, नेपाली कांग्रेसले तीन र नेपाली कम्युनिस्ट पार्टीले एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुने भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचित सदस्यले सभाका अध्यक्षसमक्ष शपथ गर्ने छन् ।
बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ ।
दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ पाल्पामा8 नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता कायम गर्नुभएको छ । क्षेत्र नं १ को निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ ५ र तानसेन ८ को मतगणना सकिदासम्ममा आचार्यले ९८४ मतान्तरसहित अग्रता कायम गर्नुभएको हो ।