कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ ।
कालीकोट जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी हुनु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा नेकपाका शाहीले ११ हजार ३ सय ३८ मत ल्याएर विजयी हुनु भएको हो ।
काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी हुनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
भक्तपुरको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ।
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताउनुभएको छ ।
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता लिनुभएको छ । चुलाचुली गाउँपालिकाको गणना सम्पन्न हुँदा राईले अग्रता लिनुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताउनुभएको छ ।
सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणनामा हालसम्म गणना भएको मतमध्ये ५.३९ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
पाल्पा–१ मा रास्वपाका उम्मेदवार विमल पन्तलाई नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले उछिन्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीको मत अग्र स्थानमा रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ। पछिल्लो अन्तिम मत परिणामअनुसार पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ ।