• २३ फागुन २०८२, शनिबार

सर्लाही-४ मा अमरेश सिंह दुई हजार मतले अगाडि

blog

जनार्जन खत्री

सर्लाही, फागुन २२ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ । 

ताजा मतपरिणाम अनुसार सिंहले चार हजार ४९६ मतसहित अग्रता कायमै राख्दा नेपाली कांग्रेसका गगनकुमार थापाले दुई हजार ५३० मत प्राप्त गर्नुभएको छ । सिंहको थापा भन्दा एक हजार ९६६ मतले अगाडि हुनुहुन्छ । 

सर्लाही ४ मा अहिले रास्वपाका उम्मेदवार सिंहकै गृह नगरपालिका बलरा नगरपालिकाको मतगणना जारी रहेको छ । सर्लाहीमा क्षेत्र नं. १, २ र ३ मा पनि रास्वपाकै उम्मेदवारको अग्रता यथावत छ ।