शंकर केसी
सल्यान, फागुन २२ गते । सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणनामा हालसम्म गणना भएको मतमध्ये ५.३९ प्रतिशत मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ८८४६ मत गणना हुँदा ४७७ मत बदर भएका छन् ।
यस अघिको प्रतिनिधीसभा निर्वाचनमा सल्यानमा खसेको मत मध्ये झण्डै ९ प्रतिशत मत बदर भएको थियो । प्रतिनिधीसभा सदस्य निर्वाचन, २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्येक्ष तर्फ ८३ हजार ७०४ मत खसेको थियो । खसेको मतमध्ये ७६ हजार ३२८ मत सदर हुँदा सात हजार ३७६ मत अर्थात ८।८१ प्रतिशत मत बदर भएको थियो ।
यसपटको निर्वाचनमा हालसम्मको मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रमेश मल्ल अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो विवरण बमोजिम मल्लले ३५९८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ललित चन्दले १६२३ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका केशबहादुर विष्टले १४८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका गुलाबजंग शाहले १०७७ मत, नेकपाका चन्द्रबहादुर खड्काले ४७५ मत र राप्रपाका अनिसा नेपालीले ४७ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयको अद्यावधिक विवरण अनुसार सल्यानका ११७ मतदानस्थल अन्तर्गत २०५ मतदान केन्द्रबाट करिब ५१।५२ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका १ लाख ६२ हजार ४४९ स्थायी मतदातामध्ये ८३ हजार ६९२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।