• २३ फागुन २०८२, शनिबार

रामारोशनको मतगणना सकियो, रावलको अग्रता

blog

एकेन्द्र महता

अछाम फागुन, २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीको मत अग्र स्थानमा रहेको छ। जिल्लाको रामारोशन गाउँपालिकाका सबै वडाका गणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा भीम बहादुर रावलको मत अग्र स्थानमा रहेको हो । 

रामारोशनको अन्तिम मत गणनामा डा. रावलको निर्वाचन चिन्ह तारामा २ हजार ३ सय ३५ मत हुँदा नेकपा एमालेका दिपक बहादुर साउँदको सुर्य चिन्हमा २ हजार ७१ मत दोस्रो स्थानमा देखिनु भएको छ ।

यस्तै नेपाली कांग्रेसका भरत कुमार स्वारँको रुख चिन्हमा १ हजार ६ सय १० मतले दोश्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलको घण्टी चिन्हमा १ सय ४८ मत पाउनु भएको छ ।

यस्तै रामारोशनबाट हलो चिन्हमा ४४, गुलाव चिन्हमा १५ र मादल चिन्हमा मादल १ मत खसेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिनु भएको छ । यो समाचार तयार पार्दासम्म बान्नीगढी जयगढ गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो ।