शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, फागुन २२ गते । पाल्पा–१ मा रास्वपाका उम्मेदवार विमल पन्तलाई नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले उछिन्नुभएको छ ।
अहिले केही मत अन्तरले रानाले अग्रता लिनुभएको हो । रानाले चार हजार ३६४ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले चार हजार २८७ मत सहित रानालाई पछ्याउनुभएको छ ।
केही बेरअघिसम्म अग्रस्थानमा रहनुभएका रास्वपाका उम्मेदवारले चार हजार १७४ मतसहित पछ्याइरहनुभएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।